नेपाली कांग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रीय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ।
सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाकोप्रति शोक प्रस्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो।
बैठकले उनको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए। कांग्रेसद्वारा जारी शोक प्रस्तावमा स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्याएको योगदान सदैव स्मरणीय रहिरहने उल्लेख गरिएको छ।
महामन्त्री थापाले भन्नुभयो,‘नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिया भूमिका रहेको थियो। मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागि उहाँले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ।’
बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुंगानाले पार्टी र सभामुखको रुपमा खेलेको निष्पक्ष भूमिका सदा स्मरणीय रहिरहने बताएका थिए।
उनले भने,‘संसद उनले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्नुभयो। उहाँको अचानक निधन भएको खबर सुन्नुपर्यो।’
उनले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह रेका थिए। त्यसैगरी स्वर्गीय ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिया भूमिका खेलेको पनि कांग्रेसले जनाएको छ।
Shares

प्रतिक्रिया