बागमती


फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १४:५५, हेटौंडा

चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एक भारतीय ग्यास बुलेटको ठक्करबाट एक पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ। 

सोमबार दिउँसो १ बजेतिरको समयमा उक्त स्थानमा एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट अनुमानित ५०/५५ बर्ष उमेरको महिलाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार मृतकको नाम, थर, र वतन हालसम्म खुल्न सकेको छैन। 

घटना पछि स्थानीयहरू ठूलो संख्यामा भेला भई शव उठाउन नदिएपछि राजमार्ग दुबैतर्फ अवरुद्ध भएको छ। स्थानियहरूसँग समन्वय गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

ईलाका प्रहरी कार्यालय, मुग्लिङबाट निरीक्षक निरला भण्डारीको नेतृत्वमा ३९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। ठक्कर दिने भारतीय ग्यास बुलेटलाई प्रहरीको निगरानीमा धादिङको मझिमटार पठाइएको प्रहरीले जनाएको छ। 


ग्यास बुलेटका चालक भारत बिहारको बेगुसराय जिल्ला निवासी ६२ वर्षीय मोहम्मद मतिनलाई मुग्लिङ प्रहरीको नियन्त्रणमा राखिएको छ।शवको व्यवस्थापन र बाटो सुचारु गर्न स्थानीयसँग प्रहरीको समन्वय जारी रहेको प्रवक्ता रिजालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad