राजनीति


नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौति आउँछन् : सचिव मरासिनी

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौति आउँछन् : सचिव मरासिनी

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १४:४१, काठमाडौँ

राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल अतिकम विकसित मुलुक(एलडीसी)मा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताएका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन्। उनले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताए।

उनले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरु आर्थिक रुपमा माथि पुगेको बताए। नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताए। उनले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताए।

उनले भने,‘अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौं। तर मुलुक एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न सकेका थिएनौं। नेपाल जस्तै अन्य मुलुकहरु आर्थिक रुपमा धेरै माथि पुगिसके। नेपाल एलडीसीमा केही सुधार हुन्छ भनेर बस्यौं। धेरै फड्को मार्न सकेको देखिएन। आय वृद्धि नहुँदा पनि अन्य दुईवटा सूचकहरुमा सुधार भएकाले स्तरोन्नति हुन लागेका छौं। स्तरोन्नति हुँदा नेपाललाई पुनः अतिमक विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउने चुनौति छ।’

उनले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताए। उनले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad