राजनीति


कीर्तिपुरकी कार्यवाहक मेयरमाथि वडाध्यक्षले गरे हातपात, कार्यालयमा तोडफोड

कीर्तिपुरकी कार्यवाहक मेयरमाथि वडाध्यक्षले गरे हातपात, कार्यालयमा तोडफोड

नेपालखबर
मंसिर २, २०८१ आइतबार १५:१९, काठमाडौँ

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि त्यही नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले हातपात गर्नुका साथै मेयरको कार्यकक्षमा तोडफोड गरेका छन्। 

नगरपालिकाका सम्पर्क शाखा अधिकृत सुजीन्द्र महजर्नले वडाध्यक्षले हातपात र तोडफोड गरेको जानकारी दिए। त्यसको कारण खुल्न नसके पनि राजनीतिक कारण भने नभएको उनको भनाइ छ। 

वडाध्यक्ष मर्हजनले दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर मेयरमाथि हातपात गरेका हुन्। 

मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

मेयर पदका लागि मंसिर १६ गते मतदान हुँदै छ। त्यसका लागि आइतबार मनोनयन गर्दाको कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad