राजनीति


हेटौँडा-१२ मा एमालेका राजेश नगरकोटीको उम्मेदवारी दर्ता

२०७९ को निर्वाचनमा नगरकोटी १३२५ मत ल्याएर पराजित भएका थिए
हेटौँडा-१२ मा एमालेका राजेश नगरकोटीको उम्मेदवारी दर्ता

नेपालखबर
मंसिर २, २०८१ आइतबार १२:५९, काठमाडौँ

हेटौँडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदका लागि नेकपा एमालेका राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन्। 

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि वडाअध्यक्ष पदमा नगरकोटीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। 

एमालेका नेता अर्जुन प्रसाद अर्याललाई समर्थक तथा बखान सिंह घलानलाई प्रतास्वक राखेर नगरकोटीले उम्मेदवारी दर्ता गराएका हुन्। 

२०७९ को स्थानीय तह निर्वाचनमा यो वडामा माओवादी केन्द्र विजयी भएको थियो। उक्त चुनावमासमेत उम्मेदवार रहेका नगरकोटी  उपनिर्वाचनमा पनि चुनावी मैदानमा होमिएका हुन्। गत स्थानीय तह निर्वाचनमा उनले १ हजार ३२५ मत पाएका थिए। 

उक्त निर्वाचनमा कांग्रेसका अर्जुन तिवारीले १ हजार ३४० मत ल्याएर दोस्रो भएका थिए। नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३७१ मत ल्याउँदै बिजयी भएका थिए।

गत निर्वाचनमा झिनो मतान्तरले तेस्रो हुँदै पराजय भोगेका नगरकोटीलाई नै नेकपा एमालेले उपनिर्वाचनमा पनि अवसर दिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad