प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंसिर १३ गते उनी चीन जान लागेकी हुन्।
चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणमा चीन जान लागेकी राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्ने छन्। उनी भ्रमणको तयारी लगायतका विषयमा काम गठन गठित संयन्त्रको सदस्य समेत छिन्।
प्रधानमन्त्री ओली मंसिर १६ देखि चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यद्यपि, प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन।
परराष्ट्रमन्त्री राणा भ्रमणको तयारी सकेर नेपाल फर्किने वा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उतै सामेल हुने भन्ने विषय भने अझै टुंगि नसकेको मन्त्रालय स्रोतले बतायो।
परराष्ट्रमन्त्री भएयता राणाको यो पहिलो चीन भ्रमण हो। प्रधानमन्त्री ओली पनि आफ्नो तेस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्दैछन्।
Shares

प्रतिक्रिया