बक्यौता रहेको भन्दै लाइन काटिएका उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली जोडिदिएको छ।
काटिएका सबै उद्योगको लाइन जोडिएको विद्युत् प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले नेपालखबरलाई जानकारी दिए।
हिजो (मंगलबार) मात्र प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता दिन बाँकी उद्योगसँग रकम बिस्तारै उठाउँदै गर्ने र लाइन भने तत्काल जोड्ने निर्णय गरेको थियो। जसप्रति विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले असहमति जनाउँदै आएका थिए।
तर ती उद्योगमा लाइन जोडिएकै दिन बुधबार प्राधिरकरणका कार्यकारी निर्देशक घिसिङले भने पत्रकार सम्मेलन गर्ने भएका छन्।
उनका अनुसार आज दिउँसो २ बजे रत्नपार्कस्थित विद्युत प्राधिकरणकै सभाहलमा पत्रकार सम्मेलन गरिने भएको हो। यसमा सहभागी हुन घिसिङले पत्रकारहरूलाई अनुरोध गरेका छन्।
प्राधिकरणले कात्तिक ८ गते बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्ने भनेको थियो। तर तीमध्ये ७ उद्योग किस्ताबन्दीमा बक्यौता तिर्न तयार हुँदै कात्तिक ८ अघिबाटै रकम तिर्न थालेपछि लाइन काटिएको थिएन।
Shares

प्रतिक्रिया