निर्वाचन आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि निवेदन आह्वान गरेको छ।
आयोगले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहको उपनिर्वाचन पर्यवेक्षणको लागि इच्छुक संस्थाहरूसँग निवेदन माग गरेको हो।
स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची– ६३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई पाँच दिनको समय दिएर निवेदन दिन भनिएको छ।
पर्यवेक्षणको स्वीकृति दिनुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट जानकारीमूलक अन्तरक्रिया गरी सम्बन्धित संस्थालाई वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ।
उपनिर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्थाले कार्तिक ३० गतेसम्म निवेदन दिन सक्ने जनाइएको छ।
48
Shares

प्रतिक्रिया