समुन्दर भट्ट निर्देशित फिल्म ‘गुन्यो चोलो–कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को निर्माताले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। चलचित्रका निर्माता आकाश बुढाथोकीले अमेरिकाको पीजीए मार्क (प्रोडुसर गिल्ड अफ अमेरिका) पाएका छन्।
आकाशले नेपालका ट्रान्सजेन्डरहरूको पहिचान र सामाजिक चुनौतिहरूको खोजी गर्ने प्रकारको नेपाली चलचित्र बनाएकोमा यो अर्वाड प्राप्त गरेका हुन्।
यो मार्कले नेपाली सिने क्षेत्रमा बुढाथोकीको योगदान र नेपाली सिनेमालाई विश्वव्यापी मञ्चमा पुर्याउन उनको भूमिकालाई दर्शाउँछ। यो उनको लागि मात्र नभएर सम्रग नेपाली फिल्म मेकरहरुको लागी खुसीको कुरा भएको चलचित्रकर्मीहरू बताउँछन्।
अमेरिकाको पीजीए मार्क (प्रोडुसर गिल्ड अफ अमेरिका) एक प्रतिष्ठित प्रमाणीकरण हो जसले चलचित्र र टेलिभिजनको संसारका निर्माता वा सबैभन्दा प्रभावशाली र मनोरञ्जनात्मक उत्पादन उपलब्धिहरूलाई सम्मान गर्ने गर्दछ। र यो अर्वाड प्राप्त गर्ने लिस्टमा कमै नेपाली निर्माताहरू पर्ने गर्दछन्।
यो चलचित्र केही समय अघिमात्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा पनि छनोट भएको थियो।
अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। जहाँ नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्।
चलचित्रमा समुन्द्र भट्टसँगै नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले खरिद गरेको छ। यो चलचित्रलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिएकी छिन।
चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम हलिउड शैलीमा बाहिरै गरिएको छ। चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन्।
नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ।
चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्। आलोक शुक्लाले खिचेको चलचित्रमा विजय बस्यालको प्रोड्क्सन डिजाईन रहेको छ।

प्रतिक्रिया