राजनीति


मुलुकमा अराजकता बढ्दै जानेछ : घनश्याम भुसाल

मुलुकमा अराजकता बढ्दै जानेछ : घनश्याम भुसाल

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १६:५२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन्।

मुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिस्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो। महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए। 

घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताए।

शनिबार काठमाडौँमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्नसक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउनसक्ने जिकिर गरे।

‘हामी कहाँ घुस नखाने व्यक्तिहरू धेरै छन्। तर घुस नखाने पार्टी बनाउनु प¥यो। घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ। त्यो सिद्धान्त विकसित हुन्छ। त्यसका लागि तपाईंले साम्राज्यवादसँग लड्नुपर्दछ। आजको लनिन त्यहाँ फेला पार्नुहुन्छ,’ भुसालले भने, ‘उहिल्यै सय वर्षको लनिन होइन, आजको लेनिनलाई पुनःजागृत गर्नुहुन्छ। यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुने थियो, बन्ने क्रम सुरु हुन्छ। आजको बोल्सेविक रेभुलुशन सुरु हुन्छ। त्यसर्थ, परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी संकट रेभुलुशन क्राइसेसकै बेला छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad