प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले अस्पताल पुगेर भेटेकी छिन्।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्ने उनी दोस्रो व्यक्ति हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहीबार प्रधानमन्त्रीलाई उनकी पत्नीले भेटेको जानकारी दिए।
यसअघि बुधबार ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाले उनीसँग भेट गरेकी थिइन्।
संग्रौला बुधबार नै डिस्चार्ज भएकी थिइन्।
ओलीको फागुन २१ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया