राजनीति


मन्त्रीलाई बिडारीको प्रश्न : उद्घाटन गर्न जहाँ पनि भ्याउने, संसदमा जवाफ दिन नभ्याउने?

मन्त्रीलाई बिडारीको प्रश्न : उद्घाटन गर्न जहाँ पनि भ्याउने, संसदमा जवाफ दिन नभ्याउने?

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ११:१०,

राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन्। त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराए। संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्नेसम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै उनले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरे। सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोखे।

‘जवाफ नदिने। बोले पनि हुने, नबोलेपनि हुने। ठिक बोले पनि हुने बेठिक बोले पनि हुने यस्तो प्रकारको सदन भएपछि सदनको गरिमा घट्छ, सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ’, उनले भने, ‘जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ। उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने?’ उनले संसदमा के बोलियो भन्ने विषयमा ध्यान दिन समेत आग्रह गरे।

संसदमा सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उनले आग्रह गरे।

उनले जे भएको छ जे देखिएको छ त्यसको विपरीत भनाइ आउनु दुखद् भएको बताए। ‘देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ बेइमान त्यही हो। देख्ने एकथोक बोल्ने अर्कोथोक। इमानपुर्वक देख्ने र इमानपुर्वक बोल्ने हरेक नागरिकको र प्रतिनिधिको कर्तव्य हो’, उनले भने, ‘त्यसैले अहिले कुरा उठ्या छ यो व्यवस्थाका विरुद्धमा कुन्नी कोको कोको आए अरे। संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा हुँदैन। संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्न बस्नुपर्यो। यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ? छैन।’

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएरअघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad