स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस फैलिन नदिन तथा शंकास्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था मिलाउनका लागि प्रत्येक स्थानीय तह तथा वडाहरुमा समन्वय समिति गठन गर्न पत्राचार गरेको छ।
मन्त्रालयले समिति गठनको निर्णय गर्दै सबै स्थानीय निकाय तथा वडाहरुमा पत्राचार गरिदिन बिहीबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ।
मन्त्रालयको निर्णयअनुसार अब ७५३ वटा स्थानीय तह तथा प्रत्येक वडामा पनि छुट्टै समन्वय समिति गठन हुनेछन्।
समिति गठन र अवश्यक बजेट व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिइएको छ। वडास्तरीय समन्वय समितिको गठन, बजेट व्यवस्थापन सम्बन्धित स्थानीय सरकारले नै गर्नुपर्ने कार्यादेशमा उल्लेख छ।




प्रतिक्रिया