मन्त्रिपरिषद्ले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा रु पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले सो आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए।
75
Shares

प्रतिक्रिया