राजनीति


भूमि आयोगका पदाधिकारीले लिए शपथ

भूमि आयोगका पदाधिकारीले लिए शपथ

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १९:१, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई शपथग्रहण गराएका छन्।

बुधवार मन्त्रालयमा आयोजित शपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान), उपाध्यक्ष सनतकुमार कार्की (जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई शपथग्रहण गराएका हुन्।

उक्त कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउदैं भूमि समस्यालाई दिर्घकालिनरुपमा समाधानका लागि शुभकामनासहित  निर्देशन दिए।

आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजालले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारपुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रचलित ऐन कानुनको जगमा टेकेर संस्थागत सुसासन कायम गदैं अवको ६ महिनाभित्र १ लाख भन्दा बढि भूमिहिन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजनासहित कार्य गर्ने योजना रहेको बताए।

आयोगलाई थप ब्यस्थित र क्रियाशिल बनाई तोकिएको समयावधिभित्रै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाए।

मङ्गलवार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको थियो। नवनियुक्त आयोगमा विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाई र तनहुँका आरती भण्डारी रहेका छन्। 

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad