पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हनन्का १९ घटना भएका छन्। प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो।
पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन्। यस्तै आक्रमण/कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जारअवरोध र गिरफ्तारीे प्रयासको घटना एकरएक रहेका छन्।
प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ। यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक घटना भएका छन्। यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ।
काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ। गत वर्ष प्रेस स्वतन्त्रता हननका ७९ घटना अभिलेखन भएको थियो।
प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ।
प्रेस स्वतन्त्रतालाई रक्षा गरी मिडिया प्रवर्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दैआएको छ। यस्तै, काउन्सिल प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन समेत सदैव सचेत रहँदै आएको छ।
Shares

प्रतिक्रिया