राजनीति


प्रचण्डविरुद्ध बाबुरामको लगातार कटाक्षः ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त

प्रचण्डविरुद्ध बाबुरामको लगातार कटाक्षः ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १०:१, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले केही दिनयता माओवादी युद्धकालीन सहयोद्धा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको लगातार आलोचना गरिरहेका छन्। 

यसै क्रममा डा. भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध अर्को कटाक्ष गरेका छन्। 

‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई 'माओवादी' भन्नुभन्दा 'प्रचण्डपन्थी' भन्नु उपयुक्त होला। किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बनेयताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ’, उनले लेखेका छन्, ‘त्यसपछि त्यो आन्दोलन (जुन 'पार्टी' मात्र थिएन) लाई हाम्रो प्रस्तावअनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीव्र आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भइसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो।’

साथै उनले माओवादी केन्द्रको संसदीय सिट संख्या ३२ नभएर ३० भएको टिप्पणी पनि गरेका छन्। 

उनले भनेका छन्, ‘प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन। २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनाव चिह्न लिएर जितेको २ सिटलाई समेत कानुनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २/२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैँ बुझौँ!’

यसअघि बाबुरामले पूर्वमाओवादी एकताका विषयमा प्रचण्डको आलोचना गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad