राजनीति


माओवादीलाई ओलीको जवाफ- कसरी हतियार बिसाउन लगाउने हामीलाई थाहा छ

माओवादीलाई ओलीको जवाफ- कसरी हतियार बिसाउन लगाउने हामीलाई थाहा छ

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १२:३५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

आइतबार काठमाडौँमा गैर गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन्। 

शनिबार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा प्रचण्डले आफूहरुले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरू प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्ने कुराको राम्रो ज्ञान आफूलाई रहेको बताए। 

‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए। हिजो मात्रै हो। हतियार बिसाएको मात्रै हो। भ्रम नरहोस्। चलाउन बिर्सिएको छैन। त्यस्तै त्यस्तै त हामी हुनु भएन नि। धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले। कसरी बिसाउने भनेर,’ ओलीले भने। 

प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने पनि बताए। ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रहसमेत गर्दै उनले आफू एमालेको प्रधानमन्त्री नभइ देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति पनि भेदभाव गर्न नहुने जिकिर गरे।

‘पोलिटिकल पार्टीहरूका आफ्नै संगठनहरू होलान्, त्यसले आफ्ना काम आफैँ गर्लान्, यस संगठनभित्र राजनीतिक वार नगरौँ। सरकारको तर्फबाट तपाईंहरूलाई कुनै हस्तक्षेप हुने छैन। तपाईंहरूले स्वतन्त्र भएर काम गर्नुस्। म देशको प्रधानमन्त्री हो, एमालेको प्रधानमन्त्री होइन। मैले कसैप्रति भेदभाव गर्न मिल्दैन, गर्दिन, प्रधानमन्त्रीको हैसियतले। मान्छेका त आफ्ना आफ्ना हैसियत हुन्छन् नि। हामी कुनै हस्तक्षेप गर्दैनौँ। सकेको सहयोग पुर्‍याउँछौँ। तपाईंहरू एकतावद्ध भएर चल्नका लागि के गर्नुपर्छ, गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad