राजनीति


सरकारलाई प्रचण्डको चेतावनी- धेरै अभद्र भए सडकमै घिसारेर जवाफ माग्छौँ

सरकारलाई प्रचण्डको चेतावनी- धेरै अभद्र भए सडकमै घिसारेर जवाफ माग्छौँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १६:१७, काठमाडौँ

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को रोस्ट्रमबाट भद्र तरिकाले सरकारसँग जवाफ माग्ने र त्यसपछि पनि अभद्र भए सडकमै घिसार्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अभद्र भए सडकमै घिसारेर अभद्र तरिकाबाटै जवाफ मागिने दाबी गरे। 

‘तिमीहरूलाई के लाग्छ? माओवादी मर्‍यो भन्ने लाग्छ? जे गरेपनि हुन्छ भन्ने लाग्यो? जवाफ दिनुपर्दैन भन्ने लाग्या छ?,’ प्रचण्डले भने, ‘संसद्को रोस्ट्रममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ। धेरै अभद्र भयौ भने सडकमै घिसारेर, सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ।’

उनले अघिल्लो महिना आएको बाढीका कारण ललितपुरको नख्खुमा एक परिवारले चार घण्टासम्म उद्धार नपाएको प्रसंग कोट्याउँदै त्यहाँ सरकार मरेको दाबी गरे। 

‘टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौँको मुटुमा एउटा परिवारले उद्धार पाएन। त्यहाँ केवल एउटा परिवारको ज्यान गएको होइन, त्यहाँ मरेको सरकार हो। मरेको सरकार हो। यीनीहरूको सरकारले यो सय दिनमा ७० नम्बर ल्यायो रे। अहिले नै ७० भएपछि सरकारको सय नम्बर कस्तो होला सोच्नुभएको छ?,’ प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad