राजनीति


प्रचण्डले भने- रातको अँध्यारोमा बनेको सरकारमाथि चिन्ता थियो, अहिले पुष्टि हुँदैछ

प्रचण्डले भने- रातको अँध्यारोमा बनेको सरकारमाथि चिन्ता थियो, अहिले पुष्टि हुँदैछ

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १५:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार सुशासनका विरुद्धमा बनेको भन्दै भ्रष्टाचारीलाई बचाउने काम गरिरहेको दाबी गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

‘सरकार नयाँ बनेको हामीलाई चिन्ता होइन। तर, यो सरकार के का निम्ति र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, भ्रष्टाचारी बचाउन बन्यो,’ अध्यक्ष प्रचण्डले भने, ‘रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर, दलालहरूको घरमा रातको १२ बजे अप्राकृतिक रुपमा बन्यो भनेर चिन्ता व्यक्त गरेका थियौँ। त्यो चिन्ता अहिले सरकार आफैँले पुष्टि गरेको छ।’

उनले आफूहरूले खबरदारी सभा गर्न थालेपछि सत्तारुढ दल एकजुट भएर सडकबाट सत्ता परिवर्तन सम्भव छैन भनेर भनेको पनि बताए।

‘सत्तापक्षमा भएका राजनीतिक दल एकै ठाउँमा ल्याएर, सडकबाट सत्ता परिवर्तन गर्न खोजेको भनेर भन्न खोजिएको थियो। मैले भनेको थिएँ– हामी सरकार ढाल्न हामी लाग्ने छैनौँ। अहिले हामी सरकार ढाल्न यो खबरदारीसभा गरेको पनि होइन,’ प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad