राजनीति


रविलाई हरहालतमा बचाउनैपर्छ भनेर ओलीले नै भन्नुभएको थियो : प्रचण्ड

रविलाई हरहालतमा बचाउनैपर्छ भनेर ओलीले नै भन्नुभएको थियो : प्रचण्ड

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १५:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बचाउनैपर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दाबी गरेका छन्। 

संसद्‌मा सहकारीबारे बहस चल्दैगर्दा आफू छानबिन समिति बनाउनुपर्छ भन्नेतिर रहेको भए पनि ओली भने बचाउनैपर्छ भनेर लागेको प्रचण्डले दाबी गरे। 

‘रवि लामिछानेसँग कुरा गर्दा पनि समिति बनाएर छानबिन गर्दा ठिक हो, तपाईं दोषी हो भने कारबाही भोग्न तयार हुनुपर्छ। दोषी होइन भने उन्मुक्ति दिनुपर्छ भनेको थिएँ। त्यही अनुसार रविले पनि बनोस् भनेको हो। त्यतिबेला छानबिन समिति बन्न हुँदैन, रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओली हो। म प्रष्टसँग भन्न चाहन्छु,’ प्रचण्डले भने। 

तर, सरकारले फछिल्लो पटक लामिछानेलाई पक्राउ गर्दा अपनाएको रवैयाप्रति आफूहरूको आपत्ति रहेको बताए। ‘सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ,’ उनले भने।

उनले आफ्नो पार्टीले गरेको सकारात्मक र राम्रा कामका कारणले जनताले एकपटक माओवादीलाई नै हेर्नुपर्ने ठानेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad