राजनीति


उपसभामुख र कुलमानलाई हटाउन सरकार लागेको देखिन्छ : प्रचण्ड

उपसभामुख र कुलमानलाई हटाउन सरकार लागेको देखिन्छ : प्रचण्ड

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १६:३, काठमाडौँ

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको दुःखमा नदेखिएको सय दिनले प्रमाणित गरिसकेको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

‘यो सय दिनमा प्रमाणित भइसकेको छ। बाढीपहिरोमा देखिँदैन सरकार, विपत्तिमा देखिँदैन सरकार,’ प्रचण्डले भने। 

बरु सरकार अध्यादेश ल्याएर दल विभाजन गर्न, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपसभामुख इन्दिरा राना मगरलाई हटाउन लागेको दाबी गरे। 

‘कहाँ देखिन्छ सरकार?,’ प्रचण्डले भने, ‘दल विभाजन गर्न, कुलमान हटाउन, उपसभामुख हटाउन। त्यस्तो ठाउँमा देखिन्छ सरकार।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad