अघिल्लो साता शुक्रबार (कात्तिक २) काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ।
यसअघि कात्तिक ४ गते पहिलोपटक अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। बिहीबार उनको उक्त म्यादबारे जिल्ला अदालतमा बहस भइरहँदा सडकमा भने प्रदर्शन जारी छ।
रास्वपा कार्यकर्ता र सूर्यदर्शन सहकारी पीडितहरू पोखराको सडकमा आन्दोलनमा निस्किएका हुन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई पनि म्याद थपका लागि आजै अदालत लगिएको छ।
रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। यसअघि पोखरामा समर्थक र प्रहरीबीच घम्साघम्सी पनि परेको थियो।
रास्वपाको धर्ना :

सहकारीपीडितको प्रदर्शन :

Shares

प्रतिक्रिया