प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश आफूले ल्याउन नचाहेको जवाफ प्रतिपक्षी दलहरुलाई दिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित प्रतिपक्षी दलका नेताहरुसँगको भेटमा ओलीले यस्तो जवाफ दिएका हुन्।
बाढी पहिरोका पीडितहरुलाई राहत दिने विषयमा ज्ञापन पत्र बुझाउन गएको प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारले दल विभाजनका लागि अध्यादेश ल्याउन खोजेकोमा विरोध जनाएका थिए।
जवाफमा ओलीले आफूले त्यस्तो अध्यादेश ल्याउन नखोजेको जवाफ दिएका थिए।
‘हिजो तपाईंहरुले त्यस्तो अध्यादेश ल्याउनु भएको थियो’ ओलीको जवाफ थियो, ‘त्यही भएर तपाईंहरुलाई अध्यादेश आउँछ भन्ने लागेको होला। तर, म ल्याउँदिनँ।’
492
Shares

प्रतिक्रिया