राजनीति


मन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण

मन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार २२:०, पाटन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गरेकी छन्।

आज उनले बाढी र पहिरोका कारण क्षती पुगेका कोन्ज्योसोम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको निरीक्षण गरेकी हुन्।

त्यसक्रममा मन्त्री भट्टराईले क्षतिग्रस्त विद्यालयमा आवश्यकतानुसार तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन्।

उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद् प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्नेमा जोड दिइन्।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले कोन्ज्योम गाउँपालिकाको ठोठ्नेखोला क्षेत्रमा बाढीले क्षतिग्रस्त बनाएको बस्तीको स्थानान्तरणका लागि पहल गर्न उनलाई अनुरोध गरे।

निरीक्षणमा मन्त्री भट्टराईसँगै सांसद राणा र क्षेत्र नं २ का प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिका प्रमुख कृष्णमान लामा, उपप्रमुख राजनप्रसाद घिमिरे, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलगायत उपस्थित थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad