नेकपा एकीकृत समाजवादीका नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा एमालेसँग एकीकरण गर्नुपर्ने बताएका छन्। उनले आफूहरूले सिंगो पार्टीको नै एकता गर्न चाहेको भए पनि पार्टीका शीर्ष नेताहरूबीच कुरा नमिलेको बताए।
‘कुनै वैचारिक मतभेद नहुँदा नहुँदै व्यक्तिको कारणले, व्यक्तिगत इगो, व्यक्तिगत विचार, व्यक्तिगत कुरा, मैले भनेपछि सिद्धान्त भन्ने हिसाबले कम्युनिस्ट पार्टीहरू सबभन्दा बढी फुटेका छन्,’ उनको भनाइ छ, ‘सुधारको लागि पनि कुरा भइरहेको छ। निराश साथीहरूले अलग पार्टी बनाउनेतिर नजालान् भन्न सक्ने अवस्था छैन। जान सक्छन्। टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि। हामी पर्ख र हेरमा छौँ। सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने। यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरू बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ।’
पार्टी एकीकरणको लागि राजनीतिक दलसम्बन्धी अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताए। एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनीतिक ध्रुवीकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ।
Shares

प्रतिक्रिया