राजनीति


०६४ को इतिहास फर्केर आउँछ : विप्लव

०६४ को इतिहास फर्केर आउँछ : विप्लव

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १८:१४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकतावद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गरेका छन्।

शनिबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकतावद्ध भएर देश र जनताको सेवाका लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने जिकिर गरे। 

‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन। यो एकतावद्ध हुन्छ। यो एकतावद्ध भयो भने २०६४ साल जन्मिन्छ। हामीले राम्रोसँग बुझ्नुपर्दछ। २०६४ साल होइन, २०५२ साल भन्नुभएन। २०५२ साल त अहिले नभनौं। तर २०६४ साल जन्मिन्छ नेपालमा। तर उस्तै प्रकारले होइन। उस्तै इतिहास दोहोरिँदैन। इतिहास एउटा चर्कोबाट गुज्रिन्छ। इतिहास आउँछ, फर्केर आउँछ,’ विप्लवले भने।

देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने उनको भनाइ थियो।

‘संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरूलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन्। कदापि सम्भव छैन। यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ। हामीले भनेका छौँ। नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौँ। यहाँ अरु कसैले पनि गर्न सक्दैन। हाम्रो दाबी छ। त्यसकारण यहाँ कुरा के छ भने एकचोटी एकतावद्ध हुने हो। एकतावद्ध भएर अगाडि जाने हो। हामीलाई कुनै मोजमस्ती चाहिएको छैन। हामीलाई कुनै स्वार्थ चाहिएको छैन। हामीलाई कुर्सी मात्रै चाहिएको छैन। त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad