राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सहकारी ठगी प्रकरणमा फरार रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राईलाई पक्राउ गरेर ल्याउन सरकारलाई चुनौती दिएका छन्।
शनिबार कास्कीको पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा उनले सरकार गठन भएको तीन महिनासम्म पनि किन जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न गरे।
शुक्रबार काठमाडौँबाट सहकारी प्रकरणकै अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने कुनै पनि कोणबाट दोषी नदेखिएको भन्दै जीबीलाई पक्राउ गर्न चुनौती दिएका हुन्।
वाग्लेले विरोध सभालाई सम्बोधन गर्ने क्रममा सहकारीको अन्य ८८ सय करोड पैसा उठाउन राज्यले किन वास्ता नगरेको भनी प्रश्न पनि गरेका छन्।
‘८८ सय करोड उठाउनका लागि राजयले तदारुपता देखाउन पर्दैन। जीबी राईलाई किन समातेनौँ भनेर रवि लामिछानेलाई र्याखर्याख्ती पारे। तिमिले पनि त ३ महिना पाइसक्यौ, खै त लेर्याएको? लेउ, नंग्याऊ, प्रमाण देखाऊ। बचतकर्ताको बचत फिर्ता गर्ने अभियानमा तिमीले पनि साथ देऊ,’ उनले भने।
सरकारले प्रतिशोध साँधेर कुशासनबाट विषय मोड्न खोज्यो : स्वर्णिम वाग्ले
उनले वर्तमान सरकारको नियमतै खोटो भएको दाबी गर्दै फटाहा र अक्षम व्यक्तिहरू भएको दाबी गरे।
‘भन्ने एउटा कुरा, नियत नै खोटो भएपछि कसैको केही लाग्दो रहेनछ। यीनीहरू फटाहा हुन, यीनीहरूको नियत पनि खोट छ। यनीहरूको नीति पनि सही छैन, क्षमता पनि छैन,’ उनले भनेका छन्।
रविलाई प्रहरीले शुक्रबार पक्राउ गरेर अहिले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार रविलाई पक्राउ गरेको थियो।
प्रहरी हिरासतमा रवि पुग्नुअघि नै समर्थकहरू प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिसकेका थिए।
शनिबार पोखरामा रास्वपाका शीर्ष नेतासहितको उपस्थितिमा प्रदर्शन भइरहेको छ। सभापति रवि लामिछानेलाई भोलि (आइतबार) अदालत उपस्थित गराइँदैछ।
Shares

प्रतिक्रिया