गण्डकी


कावासोतीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

कावासोतीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १६:२, त्रिवेणी (नवलपरासी)

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटनामा उक्त हताहति भएको हो। 

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad