राजनीति


सरकारले प्रतिशोध साँधेर कुशासनबाट विषय मोड्न खोज्यो : स्वर्णिम वाग्ले

सरकारले प्रतिशोध साँधेर कुशासनबाट विषय मोड्न खोज्यो : स्वर्णिम वाग्ले

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १५:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारले आफ्नो पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधेर कुशासनबाट विषय मोड्न खोजेको आरोप लगाएका छन्। 

शनिबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरिएको प्रदर्शनको सभालाई सम्बोधन गर्ने क्रममा उनले संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले नै एक त्यान्द्रो प्रमाण नभएको बताएको भन्दै सहकारीको रकम अपचलनमा रवि लामिछानेको कुनै भूमिका नरहेको जिकिर गरे। 

‘ए बाबा खोज्यौँ। सात समुन्द्र लगाएर खोज्यौँ, एउटा त्यान्द्रो प्रमाण मात्रै भएको भए हामी राख्दैनथियौँ होला? भनेर सूर्य थापाले भनेका छन्,’ वाग्लेले अघि भने, ‘त्यसैले यो बुझ्न जरुरी छ। सहकारीको रकम अपचलनमा उहाँको भूमिका छैन भनेर उहाँले गरेको दाबी, दर्जनौँ मान्छेलाई बयान दिने बेलासम्म नपाएपछि नसकेर उनीहरूले उहाँले छाडेको हो।’ 

उनले यदी देशमा कोही तीन करोडको घडी लगाउने तर रवि लामिछानेलाई पोखरा ल्याउने? भन्दै प्रश्न गरे। 

‘कोही तीन करोडको घडी लगाउने, यहाँ रवि लामिछानेलाई हतकडी लगाएर पोखरा ल्याउन आवश्यक थिएन। यो प्रतिशोध साँधिएकै हो। बदला लिएकै हो। अहिलेको कुशासनबाट विषय मोड्न खोजिएकै हो। आफ्नो अक्षमता लुकाउन खोजिएकै हो,’ वाग्लेले भनेका छन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार रविलाई पक्राउ गरेको थियो। 

राति नै स्थलमार्गबाट पोखरा पु¥याएर प्रहरीले अहिले उनलाई हिरासतमा राखेको छ। प्रहरी हिरासतमा रवि पुग्नुअघि नै समर्थकहरू प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिसकेका थिए। 

शनिबार पोखरामा रास्वपाका शीर्ष नेतासहितको उपस्थितिमा प्रदर्शन भइरहेको छ। सभापति रवि लामिछानेलाई भोलि (आइतबार) अदालत उपस्थित गराइँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad