राजनीति


लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने

लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार ७:३६, पाेखरा

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ।

पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शनिबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा ल्याइएकाे हो। 

लामिछानेलाई ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि शुक्रबार कास्की जिल्ला अदालतले अनुमति दिएको थियो।अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो। 

सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो। 

२७ दिनदेखि जोशी हिरासतमै छन्। शुक्रबार रविलाई पक्राउ गर्नुअघि उनलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

रविलाई पनि शुक्रबारबाटै गणना हुनेगरी अदालतले ५ दिन म्याद थप गर्ने सम्भावना छ। त्यसपछि प्रहरीले उनीमाथि बयान लगायतका अनुसन्धान गर्नेछ। 

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ। 

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad