राजनीति


प्रधानमन्त्रीको निर्देशनमा बोलाइयो विपद् प्राधिकरणको बैठक

प्रधानमन्त्रीको निर्देशनमा बोलाइयो विपद् प्राधिकरणको बैठक

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १२:०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्ने भएको छ।

गृहमन्त्री अध्यक्ष रहने कार्यकारी समितिको बैठक प्राधिकरणको कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने भएको छ।

दसैँअघि देशभर परेको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय राजमार्गहरू भत्किएका छन्। उद्धार र राहतको कामको प्रभावकारिताका विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad