अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण नगराएको ह्वाइट हाउसले स्पष्ट पारेको छ।
ट्रम्प हाल क्वारेन्टाइनमा रहेका तीन व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा पुगेका थिए। ती तीन व्यक्ति कोरोना भाइरस संक्रमित व्यक्ति पनि सहभागी भएको एउटा सभामा गएका थिए।
त्यसैकारण उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेको जनाइएको छ।
सो सभामा ट्रम्प पनि थिए। तर, उनी संक्रमित व्यक्तिको नजिक परेका थिएनन्।
तर, उनी सांसद डग कोलिन्स, म्याट गेट्ज र मार्क मिडोजसँग सम्पर्कमा रहेका थिए। ती व्यक्तिहरु अहिले कोरोना संक्रमणको आशंका गरेर आफैँ क्वारेन्टाइनमा बसेका छन्।
कोलिन्सले ट्रम्पसँग हात पनि मिलाएका थिए। त्यस्तै मिडोज अब ट्रम्पको चिफ अफ स्टाफ बनने छन्। उनी पनि ह्वाइट हाउसको एउटा बैठकमा सहभागी भएका थिए। एजेन्सी
3
Shares

प्रतिक्रिया