राजनीति


पाकिस्तानको राजदूतमा रिता धिताल नियुक्त

पाकिस्तानको राजदूतमा रिता धिताल नियुक्त

नेपालखबर
असोज २२, २०८१ मंगलबार १७:४३, काठमाडौँ

पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त भएकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार धिताललाई राजदूत नियुक्त गरेका हुन्। 

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।

तीमध्ये धिताललाई मंगलबार राष्ट्रपति पौडेलले नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए।

धितालले संसदीय सुनुवाइका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले पहल गर्ने बताएकी थिइन्।

धिताल परराष्ट्र सेवामा सहसचिवस्तरकी कर्मचारी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad