राजनीति


गृहमन्त्री लेखकद्वारा ललितपुरको बाढी प्रभावित क्षेत्र निरीक्षण

गृहमन्त्री लेखकद्वारा ललितपुरको बाढी प्रभावित क्षेत्र निरीक्षण

नेपालखबर
असोज २०, २०८१ आइतबार १९:४१, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण  गरेका छन्।

आइतबार गृहमन्त्री लेखकले ललितपुर जिल्लास्थित बाढीपहिरो प्रभावित गोदावरी, देवीचौर, टिकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गरेका हुन्।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीहरूको विवरण पठाउन निर्देश गरे।

उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको पनि बताए। 

सरकारले बाढीपहिरो समस्यालाई गम्भीर रुपमा लिएको भन्दै उनले सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउने लगायत बसोवास व्यवस्थापनको लागि सरकार लागिपरेको बताए। 

विपद्‌मा सबै एकाकार भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

निरीक्षणका क्रममा वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरू सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad