ad ad

राजनीति


सरकारलाई संसदीय समितिको निर्देशन– राजमार्गका यात्रुलाई तत्काल उद्धार गर्नू

सरकारलाई संसदीय समितिको निर्देशन– राजमार्गका यात्रुलाई तत्काल उद्धार गर्नू

नेपालखबर
असोज १५, २०८१ मंगलबार १५:३५, काठमाडौँ

संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो।

मंगलबार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ। समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ।

त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ। त्यस्तै सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाइ यातायातको व्यवस्थापन गर्न तथा खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन समितिको निर्देशन रहेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिए।

‘यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुर्नस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ। हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्नेगरी मर्मत सम्भार गर्न, सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्थापन गर्न, खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन र पीडितहरूलाई राहतको छिटोभन्दा छिटो व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ र त्यो गर्न नेपाल सरकारलाई निर्देशन दिन्छौँ,’ सभापति खतिवडाले भने। 

समितिले बजारमा तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

‘विभिन्न बाटामा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ खतिवडाले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .