ad ad

राजनीति


रास्वपाको निष्कर्ष– विपद्‌मा पनि सरकार रवि, रास्वपा र सहकारीमै अड्कियो

रास्वपाको निष्कर्ष– विपद्‌मा पनि सरकार रवि, रास्वपा र सहकारीमै अड्कियो

नेपालखबर
असोज १३, २०८१ आइतबार १६:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार, गठबन्धन र गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रीत भएको निष्कर्ष निकालेको छ। 

आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरू अड्किँदा विपद्जन्य घटनाहरूमा तयारी नगरेको आरोप लगाएको छ। 

बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको जिकिर गरे। 

‘सरकार, गठबन्धन, गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ। रवि, रास्वपा र सहकारी,’ उनले भने, ‘अरु त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन। त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन। आवश्यक परेको बेलामा के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो।’

सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताउँदै झाले सरकारले संवेदनशीलता नदेखाएको र असक्षमता र अकर्मण्यता देखाएको आरोप पनि लगाए।

‘सरकारसँग सम्बन्धित नेपाली कांग्रेसको बैठकमा समेत कमजोरी स्वीकारेर सरकारले भूमिका निर्वाह गर्न नसकेको बताएको छ। संवेदनशीलता देखाउनु भएन, असक्षमता र अकर्मण्यता हामीले देख्यौँ। असंवेदनशीलता पनि देख्यौँ। मान्छे मरिसकेपछि मोबाइल टोनमा एउटा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भूमिका पर्याप्त हुँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .