ad ad

राजनीति


सुस्ताका जनताले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो : कार्यवाहक प्रधानमन्त्री सिंह

सुस्ताका जनताले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो : कार्यवाहक प्रधानमन्त्री सिंह

नेपालखबर
असोज १०, २०८१ बिहिबार २०:३, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण  यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन्।

बिहीबार सुस्ता वडा नम्बर ५ को सुस्ता गाउँलाई जोड्ने पुल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले अब जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटे‍को बताए।

‘झोलुङ्गे पुलको अभावमा राज्यले प्रदान गर्ने सेवा सुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाको लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकाम तर्फका अन्य स्थानमा डेरा गरी बस्नुपर्ने बाध्यता रहेकोमा पुलको निर्माणले त्यस्ता समस्याको समाधान गरेको छ,’ सिंहले भन्नुभयो, ‘स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ।’

सुस्ता क्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषि उपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको पनि सिंहको भनाइ छ।

झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्ताबासीलाई उज्यालो प्रदान गर्ने कार्य सम्पन्न गरेकोमा उनले नेपाल विद्युत प्राधिकरणलाई पनि धन्यवाद दिए।

निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा गत असार अन्तिम साता पुल निर्माण सम्पन्न गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .