राजनीति


नागरिकता कानुन ल्याएकोमा भारतको प्रशंसा हुनुपर्छः एस जयशंकर

नागरिकता कानुन ल्याएकोमा भारतको प्रशंसा हुनुपर्छः एस जयशंकर

नेपालखबर
फागुन २४, २०७६ शनिबार ११:४९,

शनिबार ग्लोबल बिजनेस समिटमा पत्रकारहरुको प्रश्नमा जयशंकरले विश्वमा कुनै देशले यस कानुनको विरोध नगरेको बताएका हुन्।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।

भारतले ल्याएको कानूनमा छिमेकी राष्ट्रका गैरमुस्लिमलाई मात्र भारतीय नागरिकता दिने उल्लेख छ। यस कानून ल्याएसँगै मुस्लिम समुदाय सरकारसँग रुष्ट बनेका छन्।

सोहीकारण त्यहाँ मुस्लिमले सरकारविरुद्ध प्रदर्शन गरिरहेका हुन्। तर गत फेब्रुअरी २४ देखि २६ मा नागरिकता कानूनविरुद्धको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भयो।

Image result for caa

भारतमा मुस्लिमको प्रदर्शनविरुद्ध हिन्दु समुदाय उत्रिएका थिए। यसबीचमा हिंस्रक झडप हुँदा त्यहाँ ५० जनाको ज्यान गइसकेको छ। २ सयभन्दा बढी घाइते भएका छन्। दर्जनौं घरहरु जलाइएका छन्।

हिंसा जारीरहँदा जय शंकरले भने यस कानुनको प्रशंसा गरिनुपर्ने बताएका हुन्। जयशंकरका अनुसार गैरमुस्लिम जो उत्पिडनमा परेका छन् जसको आफ्नो देश छैन भारतले उनीहरुलाई नागरिकता दिएर आफ्नो नागरिक बनाउने कार्यगर्नु प्रशंसनीय काम हो।

यसबीचमा पत्रकारहरुले इरान, पाकिस्तान, मलेसिया, टर्की लगायतका देशले नागरिकता कानुनको विरोध गरेका छन् भनेर प्रश्न गर्दा जयशंकरले उत्तरमा भने,‘सायद हामीले हाम्रो असल मित्र को हो भनेर बल्ल चिन्दैछौं।’

इरानी सर्वोच्च नेता आयोतल्लाह खामेनेइले भारतले मुस्लिममाथिको नरसंहार नरोकिए मुस्लिम राष्ट्रले भारतलाई एक्ल्याउने चेतावनी दिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad