ad ad

राजनीति


आज पनि बस्दै संवैधानिक परिषद्को बैठक

आज पनि बस्दै संवैधानिक परिषद्को बैठक

नेपालखबर
भदौ ३१, २०८१ सोमबार ९:२२, काठमाडौँ

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज पनि संवैधानिक परिषद्को बैठक बस्दै छ। 

प्रधानन्यायाधीश सिफारिस प्रयोजनको लागि सोमबार साँझ ५ बजे परिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधान्यायाधीश सिफारिसको लागि गएको शुक्रबार पनि परिषद् बैठक बसेको थियो। तर, शुक्रबारको बैठक कुनै निर्णयबिनै सकिएको थियो। ‘आजको बैठक पनि त्यही बैठकको निरन्तरता हो,’ प्रधानमन्त्रीको सचिवालयले नेपालखबरसँग भन्यो। 

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्। 

शुक्रबारको बैठकमा प्रधानन्यायाधीशका उम्मेदवारमध्ये वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको विषयमा थप अध्ययन गर्नुपर्ने भन्दै उपसभामुख इन्दिरा रानाले प्रश्न उठाएकी थिइन्। त्यस्तै विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य संवैधानिक नियुक्ति पनि एकसाथ टुंग्याउन माग गरेका थिए। सहमति नजुटेपछि सोमबार फेरि बस्ने गरी बैठक टुंग्याइएको थियो।

न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो। 

यसअघि प्रधानमन्त्री ओलीले गत बुधबार नै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए। बुधबार स्थगित भएको बैठक शुक्रबार बसे पनि अनिर्णीत भएको थियो।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .