ad ad

राजनीति


माओवादीले छाडेन अडान, संसद् अवरोध जारी राख्ने निर्णय

माओवादीले छाडेन अडान, संसद् अवरोध जारी राख्ने निर्णय

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १४:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रले संसद् बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको छ। नेकपा एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले विरोध थालेको छ। 

अडानबाट आफूहरू पछि नहटेको माओवादी सांसद माधव सापकोटा सुबोधले जानकारी दिए। 

‘हामी हाम्रो अडानमा कायमै छौँ,’ उनले नेपालखबरसँग भने, ‘उहाँहरूले अनुरोध गरिरहनुभएको छ।’

आजै सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। उक्त छलफलमा भएका विषयहरू प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .