नेकपा माओवादी केन्द्रले संसद् बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको छ। नेकपा एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले विरोध थालेको छ।
अडानबाट आफूहरू पछि नहटेको माओवादी सांसद माधव सापकोटा सुबोधले जानकारी दिए।
‘हामी हाम्रो अडानमा कायमै छौँ,’ उनले नेपालखबरसँग भने, ‘उहाँहरूले अनुरोध गरिरहनुभएको छ।’
आजै सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। उक्त छलफलमा भएका विषयहरू प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा जानकारी गराएका थिए।
534
Shares

प्रतिक्रिया