ad ad

राजनीति


मलाई अलि बढी जोस आउन थालेको छ : प्रचण्ड

मलाई अलि बढी जोस आउन थालेको छ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८१ शनिबार १७:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाइृ जीवनको उत्तरार्धमा अझै बढी जोस आउन थालेको बताएका छन्। शनिबार मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

‘अहिले म जीवनको उत्तरार्धतिर छु। तर किन हो अलि बढी जोस आउन लागेको छ। मलाई साथीहरूले किन यति धेरै दौडिएको भन्नुहुन्छ। मलाई जोस आएकै छ,’ प्रचण्डको भनाइ छ। 

साथै, उनले सुशासन र जनताको पक्षमा जीवनको अन्तिम क्षणसम्म लडिराख्ने कसम आफूले खाएको पनि बताए। 

‘भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको छु। मलाई अरु धेरै केही गर्नु छैन, बाँचुञ्जेल बाँचेर जनताको सेवाको निम्ति समर्पित रहन्छ। मरेपछि पनि आफ्नो कर्मले सयौँ वर्षसम्म जनताको सेवा गरिराख्छ। राजनीतिज्ञ कहिल्यै मर्दैन, मैले कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको छु,’ पूर्वप्धानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि आफू नेतृत्वको सरकार बदल्न नेपाली कांग्रेस र नेकपा एमाले लागेको दाबी गरे।

‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बुढानीलकण्ठतिर पनि सोझियो,’ उनले भने, ‘जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो।

प्रचण्डले राम्रो काम गर्न खोज्दाखोज्दै तथाकथित संख्याको बलमा अप्राकृतिक रुपमा अहिलेको गठबन्धन बनेको पनि जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .