ad ad

कला


नेपालबाट अस्करमा सहभागी हुँदै ‘शाम्बाला’

नेपालबाट अस्करमा सहभागी हुँदै ‘शाम्बाला’

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ९:३८, काठमाडौँ

आजदेखि प्रदर्शन भइरहेको फिल्म ‘शाम्बाला’ले यस वर्ष अस्करमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।

अस्करको नेपाल छनोट समितिले  मीन भाम निर्देशित यस फिल्मलाई अस्करमा पठाउने निर्णय गरेको हो। 

यस फिल्ममले अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा भाग लिनेछ।

यसअघि यो फिल्म बर्लिन र लोकर्नोजस्ता ठूला महोत्सवमा सहभागी भइसकेको छ।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो।

जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन्।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो।

उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्।

यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ। 

फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्।

तिब्बती भाषामा रिलिज उक्त फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा प्रदर्शन गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .