ad ad

राजनीति


काेराेना भाइरस संक्रमण राेक्न भारतीय सीमामा विशेष निगरानी बढाउनुपर्छः नेता रावल

काेराेना भाइरस संक्रमण राेक्न भारतीय सीमामा विशेष निगरानी बढाउनुपर्छः नेता रावल

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ७:५२,

सत्तारुढ नेकपाका सांसद भीम रावलले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद रावलले खासगरी भारतसँग अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाहरु नियमन नभएकाले त्यसले नेपालमा समस्या पार्ने बताए।

भारतमा कोरोनाको संक्रमण देखिएका केही बिरामी देखिएको भन्दै उनले यसले नेपालमा पनि जोखिम बढाउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘हाम्रो र भारतबीचको सम्बन्ध र दैनिक हुने आउजाउलाई ख्याल नगर्दा त्यसले धेरै समस्या पार्न सक्छ,’ रावलले भने।

उनले औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन र त्यसबारे ढुक्क हुने अवस्था बनाउन सरकारलाई सुझाव दिए।

‘आपुर्ती व्यवस्थाबारे सरकारले जनतालाई ढुक्क पार्नुपर्छ’ उनले भने, शकर र घना बस्तीमा सरसफाईको पुर्वप्रबन्धको व्यवस्था आजैदेखि थालिहाल्नुपर्छ, त्यो भयो भने प्रकोप फैलन पाउँदैन र त्यसलाई नियन्त्रण गर्न सहज हुन्छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .