ad ad

खेल


कोरोना प्रकोपः विश्वकप छनोटका खेल स्थगित भएपछि नेपालमा हुने खेल प्रभावित

कोरोना प्रकोपः विश्वकप छनोटका खेल स्थगित भएपछि नेपालमा हुने खेल प्रभावित

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ७:४५,

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीको बिहिबार बसेको बैठकले विश्वकप र एशियन कप छनोटका खेलहरु स्थगित गर्ने निर्णय गरेको हो।

फिफा र एफसीले आवद्ध सदस्यहरुसँग छलफल गरेर अर्को मिति उपलब्ध गराउने जनाएको छ।

फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ।

योसँगै नेपालले घरेलु मैदानमा आयोजना गर्ने भनिएका खेलहरु पनि प्रभावित भएका छन्।

नेपालले आगामी चैत्र १३ गते चाइनिज ताइपेसँग र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएका खेलहरु पनि तत्कालका लागि नहुने भएको हो।

विश्वकपको एसिया छनोट चरणमा नेपालले सबै अवे खेल खेलिसकेको छ भने घरेलु मैदानमा गर्ने भनिएको कुवेतसँगको खेल तथष्ट भूमिका रुपमा भुटानमा खेलिसकेको छ।

बाँकी ३ खेल नेपालले दशरथ रगंशालामा खेल्ने तयारीमा थियो। कोरोनाको त्रासपछि र फिफा र एएफसीको निर्णयसँगै नेपालमा आयोजना हुने खेल अन्यौलमा परेको छ।

विश्वकप छनोटका ५ खेलमा नेपालले चाइनिज ताइपेलाई मात्र पराजित गर्दा ४ खेलमा पराजिय भोगेको थियो।

समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा छ, कुवेत १० अंकसहित दोस्रो, जोर्डन १० अंकसहित तेस्रो, नेपाल ३ अंकसहित चौथो र अंकविहिन चाइनिज ताइपेइ पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .