ad ad

राजनीति


बालेनलाई एमाले सांसद पन्तले भने– जनतालाई मर्का पर्ने काम नगर्नुस्

बालेनलाई एमाले सांसद पन्तले भने– जनतालाई मर्का पर्ने काम नगर्नुस्

नेपालखबर
भदौ २४, २०८१ सोमबार १६:२४, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिएका हुन्। 

काठमाडौँमा थुप्रै विद्यालयहरूको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनी मेयर शाहले सुरु गरेको अभियान कहाँ पुग्यो? भन्दै उनले प्रश्न गरे। 

विद्यालयहरूको नाम अंग्रेजीमा राखिनु कानुन विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

सांसद पन्तले काठमाडौँका नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरे।

‘काठमाडौँ महानगरपालिकाका मेयरजीलाई पनि के आग्रह गर्न चाहन्छु भने–जनताको हितमा कदम चाल्नुस्। राम्रो कुरा गर्नुहोस् न। काठमाडौँ महानगरपालिकाको मेयरले राम्रो काम गर्नुभयो भने त राम्रै भनिन्छ नि। उहाँले एउटा काम सुरु गर्नुभएको थियो–कहाँ पुग्यो थाहा छैन कि यो पेन्टागन जस्ता अनेकथरी नाम राख्ने थुप्रै स्कुलहरू छन्,’ सांसद पन्तले भने, ‘तिनीहरूको नाम नेपालीमा राख्नुप¥यो भनेर। कानुन अनुसार गर्नुपर्ने त त्यही हो। त्यसलाई लागू गर्ने भनेको सुनिएको थियो। त्यो कहाँ पुग्यो? त्यस्ता कुराहरूलाई पूर्णतामा पु¥याउनुस्। राम्रो छ। त्यो गर्नुपर्ने काम हो। तर यो जुन काम गर्दा जनतालाई मर्का पर्छ, त्यो काम गर्नुहुँदैन।’

सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .