ad ad

राजनीति


ऊर्जामन्त्रीको दाबी– आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको छ

ऊर्जामन्त्रीको दाबी– आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको छ

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १३:३४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन्।

शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डमा सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। 

अहिलेको सकरकारलाई आर्थिक हिसाबले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गर्दै ऊर्जामन्त्रप् खड्काले स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे। 

‘अहिले दुई ठूला दलहरूसमेतको सरकार निर्माण भएको छ। यो स्थायी सरकार हो। आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने अवस्था छ। सामाजिक, राजनीतिक हिसाबले विश्वसनीय वातावरण सिर्जना भइसकेको छ। अब आउने र निर्माण हुने कानुनहरूले यथेष्ठ सहयोग पुग्नेछ,’ उनले भने।

साथै, उनले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए।

‘यति धेरै कम्पनीहरूलाई एकै ठाउँ राखेर आज मुलुकको आवश्यकताका लागि जे प्रयास गर्नुभएको छ। यो अत्यन्तै सह्रानिय छ। अहिले मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार बिक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरूले यहाँ धेरै कुरा देखेँ,’ उनले भने, ‘ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरूको विषयदेखि यि यस्ता घरायसी उपभोग्य वस्तुहरूले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ। यी उपभोग्य वस्तुहरूको अभावमा महिला दिदिबहिनीहरूले घरमा धेरै समय बिताउनुपर्ने अवस्था थियो, त्यो समयको बचत हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .