ad ad

राजनीति


संसद् भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन : सभामुख घिमिरे

संसद् भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन : सभामुख घिमिरे

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १८:१, काठमाडौँ

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

बिहीबार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे।

उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे। निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे। 

‘निर्माण गरे पनि पेमेण्ट पाउने स्थिति नदेखेर निर्माण व्यवसायीहरूले निर्माणको साइटबाट काम गर्न गाह्रो भइरहेको छ। तर यहाँ त्यो अफ्ठ्यारो छैन तर लाग्दा लाग्दै पनि चाहिएको म्यानपावरदेखि अन्य कुराहरू जुन गराउन सकिरहनु भएको छैन,’ सभामुख घिमिरेले भने, ‘एउटा चिन्ताको विषय केह हो भने हामी चैत्र २० भनेको अब ७ महिना छ। सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरु फिनिसिङका कुराहरू सबै कुराहरूले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ।’

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .