ad ad

राजनीति


एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा ओलीको फलोअर्स दोब्बर हुन्छ : रामकुमारी झाँक्री

एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा ओलीको फलोअर्स दोब्बर हुन्छ : रामकुमारी झाँक्री

नेपालखबर
भदौ १९, २०८१ बुधबार १५:५५, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा चलिरहेको ‘अनफलो’ अभियानबारे एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छिन्। उनले पार्टीका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्ष ओलीको फलोअर संख्या दोब्बर हुने बताएकी छन्। 

‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ उनले एक्समा लेखेकी छिन्, ‘सन्दर्भः अनफलोअर्स अभियान।’

मंगलबार साँझदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकहरूले ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन्। 

मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स भएकोमा अहिले त्यो संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ।

उक्त विषयमा टिप्पणी गर्दै झाँक्रीले एक्समै अर्को टिप्पणी पनि लेखेकी छन्। 

‘नेकपा (एकीकृत समाजवादी)का ताजा एक लाख ३२ हजार संगठित सदस्य छन्, खै त हामीलाई पनि सबैले फलो गरेका छैनन्,’ उनले भनेकी छन्।

मंगलबार मेयर बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियान चलाएका थिए।

ओली समर्थकहरूले रिपोर्ट गरेका कारण बालेनको पोस्ट फेसबुकले डाउन गरेको दाबी बालेनका समर्थकको छ। 

आफ्नो पोस्ट सामाजिक सञ्जालबाट हटेपछि बालेनले ‘पोस्ट हटाउने होइन, दोषीलाई करबाही गर्नुपर्ने’ भन्दै आफ्नो पोस्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए।

मेयर बालेनले तीन दिनअघि नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारे फेसबुकमा स्टाटस लेखेका थिए। 

सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको आरोप लगाउँदै बालेनले शर्मालाई किन पक्राउ नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका थिए। 

ती बालिकालाई शर्माले कुटपिटसमेत गर्दै आएको आरोप लगाउँदै बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले शर्मालाई कारबाही नगरेको बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .