नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बिहीबार सिंहदरवारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र पेश गरी राजदूतको रुपमा कार्यभार सम्हालेका क्वात्राले भेटघाट शुरु गरेका हुन्।
निवर्तमान राजदूत मंजीवसिंह पुरीले आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्केपछि उनको ठाउँमा कार्यभार सम्हाल्न क्वात्रा फागुन १८ गते काठमाडौं आइपुगेका हुन्।
गतमाघ १६ गते भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।
3
Shares

प्रतिक्रिया